Sitaram kattel as kp oli biography

सिताराम कट्टेल

सिताराम कट्टेल (Sitaram Kattel) नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं‍. ७ मा जन्मिएका हुन् । पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ। उनी मेरी बास्सै नामक टेलिशृंखलाबाट लोकप्रिय बनेका हुन्।

सुरुवाती जीवन

[सम्पादन गर्नुहोस्]

सिताराम कट्टेल (धुर्मुस) सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको नेचा बेतघारी गा.वि.स.मा जन्मिएका हुन्। बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रूपमा वि.

Jose padilha jo soares biography

सं. २०४० साल आश्विन ४ गते उनको जन्म भएको हो ।[स्रोत नखुलेको] उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो । माध्यमिक तहसम्मको अध्ययन सिताराम कट्टेलले झापाको गौरादहमा पुरा गरे । निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले आफ्नो बाल्यकालदेखि नै आर्थिक अभाव भोगे । कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउथे । खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई अघि बढाएका उनी विद्यालयमा राम्रो विद्यार्थीमै गनिन्थे । अत्यन्तै सोझा तर तेजिला सितारामले एसएलसी प्रथम श्रेणीमा पास गरे । उच्च शिक्षाका लागि उनी बुवाले ऋण गरेर जुटाएको १७ सय रुपैँया गोजीमा राखेर काठमाण्डौँ छिरे । कोठा खोज्दा, सामान जुटाउँदा ३६ प्रतिशत ब्याजमा बुवाले ऋण खोजेर दिएको पैसा सकियो । त्यसपछि काठमाण्डौँमा आएर उनले चित्र बनाउनेदेखि भाँडा बेच्ने कामसम्म गरे । संघर्षले जम्मा गरेको पैसाले रत्न राज्यलक्ष्मी क्याम्पसमा भर्ना भए । साथीहरूलाई जोक र क्यारिकेचर गरेर हँसाएको भरमा थुप्रै छाक टारे । केही समयपछि उनलाई कलाकार बन्ने भूत चढ्यो । हाँस्यकलाकार खेम शर्मासँगै बस्न थाले । खेम शर्मासँगै हिँड्न थालेपछि चिनजान बढ्यो । तर, गतिलो अवसर पाएनन् । काठमाण्डौँदेखि हार मानेर झापा फर्किएका सिताराम फेरि संघर्षसँग जुध्नका लागि राजधानी आए ।

पेशागत जीवनी

[सम्पादन गर्नुहोस्]

टेलिशृंखला 'हिजो आजका कुरा'मा छोटो संवाद बोल्ने मौका पाए। औपचारिक रूपमा भने हाँस्यकलाकार जितु नेपालले उनलाई कलाकारितामा प्रवेश गराए । गीताञ्जली टेलिफिल्ममा अभिनय गर्ने मौका जुरेसँगै उनले केदार घिमीरे (माग्ने बुढा) लाई भेटे । धुर्मुस र माग्ने बुढाको जोडी जम्यो । गीताञ्जलीमा अभिनय गदागर्दै उनले दीपक राज गिरीसँगको चिनजानका कारण तितो सत्यको १४ भागसम्म अभिनय गरे । पछि केदार घिमीरेसँग मिलेर मेरी बास्सै हाँस्य टेलिश्रृंखला बनाए । मेरी बास्सैमा सितारामले अभिनय गरेको धुर्मुस पात्रले चर्चा र लोकप्रीयता कमायो । सिताराम कट्टेल एउटै टेलिश्रंखलामा सबैभन्दा धेरै भूमिकामा देखिएका कलाकार हुन् । उनी खड्काजी, मुस्कान पासा, केपी ओलीको नक्कली रुप, खडानन्दलगायत दुई दर्जन भूमीकामा देखिएका छन् । मेरी बास्सै निर्माणकै क्रममा उनले धुर्मुसको जोडीको रूपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरे । अहिले उनीहरूको एक छोरी सुबिहानी छिन् । यस्तै, चलचित्र निर्माण र अभिनयमा पनि सिताराम कट्टेल सहभागी छन् । छ एकान छ, वडा नम्बर ६ लगायतमा हिट चलचित्रमा पनि सिताराम कट्टेलले अभिनय गर्नुका साथै लगानी पनि गरेका थिए । विक्रम सम्बत् २०७२ वैशाख १२ को गोरखा भूकम्प पश्चात् धुर्मुस सुन्तलीको जोडी सामाजिक काममा पनि सक्रिय छन् । भूकम्प पश्चात् यो जोडीको सक्रियतामा काभ्रेको डाँडा गाउँमा एकीकृत बस्ती बनाइएको छ । धुर्मु सुन्तली एकीकृत नमुना बस्ती नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाएको छ । यस्तै, भूकम्प प्रभावितलाई न्यानो कपडा बाँड्नुका साथै महोत्तरीको बर्दिबासस्थित मुसहर बस्तीमा राहत बाँडे ।[१] यी सामाजिक कामलाई अझै सक्रिय रूपमा अगाडि बढाउन उनीहरूले वि.सं.

२०७२ सालमा धुर्मुस सुन्तली फाउण्डेशन स्थापना गरेका छन् ।[२]

टेलिशृंखलाहरू

[सम्पादन गर्नुहोस्]

  • गीतान्जली
  • जिरे खुर्सानी
  • मेरी बास्सै
  • तितो सत्य

चलचित्रहरू

[सम्पादन गर्नुहोस्]

  • छ एकान छ (सन् २०१३)
  • नाइँ न भन्नु ल २ (सन् २०१४)
  • वडा नं ६ (सन् २०१५)
  • छक्का पञ्जा

अवार्ड

[सम्पादन गर्नुहोस्]

  • ‘धुर्मुस–सुन्तली फाउन्डेसन’लाई मदन भण्डारी राष्ट्रिय पुरस्कार - वि.

    सं. २०७६[३]

  • भैरव स्मृति पुरस्कार - वि. सं. २०७६[४]
  • सरसफाई दूत
  • भुकम्प पुनर्निर्माणको सद्भावना दूत

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

Copyright ©elmfeel.amasadoradepan.com.es 2025